scheduleआइतवार भाद्र २९ गते, २०७६

विद्यालयमा राजनीतिक विवादपछि विद्यालयमा तालाबन्दी


मुगु, १८ भदौ । मुगुको सोरु गाउँपालिका वडा नम्बर १० मा पर्ने एक विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद भएपछि विद्यालयमा तालबन्दी भएको छ ।

जगतमाला माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा हिजो नेपाल कम्युनिष्ट पाटी नेकपा पक्षधरले हिक्मत बहादुर मल्लको अध्यक्षतामा एकलौटी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै नेपाली काग्रेस पक्षधरले असमहती जनाउँदै विरोधस्वरुप विद्यालयमा तालाबन्दी गरेको हो ।

विद्यालयका प्रधानाध्यापक धनराज जैसीले जानकारी दिए । आज विद्यालयले अविभावक भेला बोलाई विद्यालय व्यवस्थापन समितिको गठनमा सहमति गर्न आग्रह गरेपनी काग्रेस सर्मथक स्थानीयबासी भेलामा नआएपछि कुनै छलफल हुन सकेन ।

चार सय विद्यार्थी रहेको यस विद्यालयमा व्यवस्थापन समिति गठनका बिषयमा नेकपा र नेपाली काग्रेसबीच विवाद हुँदा विद्यालय प्रशासनले मध्यस्थता गर्न खोजे पनि दुवै पक्ष आ–आफनै अडानमा रहेकाले समस्या झन बल्झिदै गएको छ ।

नेकपा सर्मथकले हिजो गठन भएको विद्यालय व्यवस्थापन समिति नै कायम हुनुपर्ने अडान राखेका छन भने काग्रेस सर्मथकले यो समिति एकलौटी गठन भएको भन्दै पुर्नगठन गर्नुपर्ने अडान राखेकाले विवाद सिर्जना भई काँगे्रस सर्मथकले विद्यालयमा तालाबन्दी गरेको स्थानीयबासी हरिकेश आर्चायले जानकारी दिए ।

राजनैतिक कारण विद्यालय तालाबन्दि हुँदा विद्यार्थीको पठनपाठन ठप्प भएको छ । विद्यालय आएका विद्यार्थी पनि विद्यालय तालाबन्दी पछी घर फर्किएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage