scheduleआइतवार भाद्र २९ गते, २०७६

जवान बनिरहन मन छ, यी पाँच खानेकुराबाट टाढै रहनुहोस्

सबै चाहन्छन् जीवनमा बुढापन चाँढै नआओस् तर चाहेर मात्रै बुढ्यौली कहाँ रोक्न सकिन्छ र ? तर तपाईले अनुभव गर्नुभएकै होला एकै उमेरका दुई मानिसहरुको पनि बुढ्यौलीपन फरक पर्न सक्छ ? जस्तो देश र समाजअनुसार मानिसको औसत आयू पनि फरक हुन्छ । हामीले खाने खानेकुरा र जीवनशैलीले पनि बुढ्यौलीपनमा असर पार्न सक्छ । हामी के खान्छौं र कति खान्छौं ? यसलाई सामान्य ध्यान दिँदा पनि हामी ज्यादा जवान रहन सक्छौं । कतिपय खानेकुरामा नियन्त्रण गर्दा पनि हामी लामो समयसम्म जवान हुनसक्छौं ।
चिनी
धेरै चिनी वा गुलियो पदार्थको सेवनले छालालाई कालेजन अथवा छालालाई कसिलो राख्नमा मद्दत गर्ने तत्व)मा क्षति हुन्छ । यसले छालामा चाउरी पर्दछ । यसलाई हटाउनको लागि चिनीको सट्टा गुलिया फलफूल खानाले तपाईको स्वास्थ्यलाई मजबुद राख्दछ र तपाई जवान बन्न सक्नुहुन्छ ।

नुन
प्याक गरिएको खानेकुरामा यदि नुनको मात्रा धेरै छ भने यसमा रहेको सोडियम पफीले अनुहारलाई थकित बनाउँछ । यति मात्र होइन प्रत्येक दिन धेरै नुन खानाले अनुहारमा कम उमेरमै बुढौली छाउँछ ।

मसलादार खानेकुरा
धेरै मसलेदार खानेकुरा खानाले रक्तनलीहरुमा प्रतिक्रिया गर्दछ, जसले छालामा रेडिशनेस बढ्दछ । स्किनमा दाग बढ्दछ र जवानमै बुढ्यौलीपनले छोपेजस्तो देखिन्छ ।

कफी
कफी पिउनाले शरीरमा पानीको मात्रा कमी हुन्छ । यसको असर सबैभन्दा पहिला छालामा पर्दछ जसले छालाको चमक उडेर जान्छ र थकित र बुढोपना देखिन्छ ।

रक्सी
रक्सीको सेवनले कलेजोमा टक्सिनको मात्रा जम्मा हुनथाल्छ । यसले अनुहार र र छालामा चाउरी बढ्दछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage