scheduleआइतवार भाद्र २९ गते, २०७६

हामीले खान जानेका छौं ? कसरी खाने ?

स्वास्थ्य र जीवन एकअर्कासँग अन्तरसम्बन्धित छ । सामान्य त खानाबिना जीवन, त्यो पनि स्वस्थ जीवन सम्भव हुँदैन । त्यसो भए कसरी खाने पर्ला ? खाने तरिका र स्वस्थ जीवनको कुनै सम्बन्ध हुन्छ कि हुँदैन ? यहाँ कसरी खाने भन्ने सम्बन्धमा केही बुँदाहरुमा उल्लेख गरिएका छन् ।

भोक लाग्नुभन्दा पहिल्यै खानुहोस्
हामी प्रायः भोक लागेपछि खान्छौं । जब भोकले च्याप्छ अनि खानाको हतारो हुन्छ । तर भोक लागेपछि खानुभन्दा भोक लाग्नुभन्दा अगाडि नै खानुको बहुआयामिक फाइदा हुन्छ । भोक लागेपछि खाँदा धेरै खाइन्छ । धेरै खाँदा पचाउन पनि गाह्रो हुन्छ भने शरीरको तौल पनि बढ्न सक्छ । यसले डाइटिङमा समस्या निम्त्याउँछ । खाना जस्तै पानी पनि बेलाबेलामा पिउनु स्वास्थका लागि फाइदाजनक हुन्छ । तिर्खा लागेपछि एकैचोटि धेरै पिउने भन्दा बेलाबेलामा थोरै थोरै पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

कम खानुहोस्, छिटो खानुहोस्
एकपटक खाएपछि अर्को पटक खाने बेलासम्मको ग्याप घटाउनु धेरै उत्तम हुन्छ । खाँदा सानो सानो गाँस हालेर खानुपर्दछ र त्यसलाई राम्रोसँग चपाउनुपर्दछ । यसले पाचन क्रियालाई सजिलो बनाउँछ । हतारमा काम गर्नु अन्य क्षेत्रमा जस्तै खाने काममा पनि हानिकारक नै हुन्छ ।

मिठो होइन स्वस्थ खानुहोस्
हामी पेटका लागि खान्छौं कि आँखाका लागि ? पक्कै पनि पेटका लागि । अनि जिब्रोको निर्देशनमा चल्नु पनि राम्रो होइन । मिठो भेटेपछि जति पनि खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिल्लो पिरो स्वादिलो मात्र जिब्रो र आँखाका लागि हुन् । जीवनका लागि स्वास्थ्यवर्द्धक खाना खानुहोस् ।
क्यालोरीयुक्त पेय पदार्थ त्याग्नुहोस्

तत्काल शक्तिको लागि भनेर हामीले विभिन्न प्रकार पेय पदार्थ पिउने गर्दछौं । यहाँ पेय पदार्थको बारेमा व्यापक भ्रम रहने गरेका छन् । स्पोर्टस् ड्रिंक र कोल्ड ड्रिंकमा क्यालोरीको मात्रा बढी हुने भएकाले पिउने बानी स्वास्थ्यका लागि राम्रो हुँदैन । सोडा र प्याकेटिङ जुस स्वास्थ्यका लागि ठीक हुँदैन । बरु, भरपूर पानी पिउनुहोस् ।

खाजाबाट सुरु गर्नुहोस् बिहानी 

हामीले बिहानी कसरी सुरु गर्छौं ? एकैचोटि खाना खाएर ? चिया पिएर वा खाजा खाएर ? बिहान खाजा खाने बानी राम्रो हो । यसर्थ हामीले बिहान खाजाबाट सुरु गर्नुपर्दछ । बिहानी खाजाले शरीरमा तागत प्राप्त हुन्छ । दिनभरि इनर्जी दिन्छ ।
फलफूल र सागसब्जीमा जोड दिनुहोस‍्

आजकल व्यस्त जीवनको भागदौडमा खानामा ध्यान दिने फुर्सदै हुँदैन । धेरै तयारी खानेकुराबाट हामीले काम चलाइरहेका हुन्छौं । तर स्वास्थ्य नै रहेन भने जीवनको के काम ? यसर्थ,  हरियो सागसब्जीमा क्याल्सियम, म्याग्निसियम, आइरन, पोटासियम र भिटामि ए, सी, ईको मात्रा पाइन्छ भने शरीरमा रक्तसञ्चारलाई सहज बनाउँछ । पालक, ब्रोकाउली, च्याउ, चाइनिज बन्दागोभी खानु बढी लाभदायी हुन्छ ।

मासु घटाऔं, माछा बढाऔं

एक हप्तामा दुई छाक माछा खानाले शरीरमा ऊर्जा प्राप्त हुन्छ । कुखुराको मासु सकेसम्म नखाँदा नै राम्रो । हामी सोच्छौँ कि कुखुराको मासु खाँदा ऊर्जा प्राप्त हुन्छ । तर यो गलत हो । कुखुराको मासुको पाचन सजिलै हुँदैन । चिकेनको सौखिन नै हो भने सेकुवाको रूपमा खाँदा केही राम्रो हुन्छ ।

खानामा बोसो घटाऔं

अलिकति मोटाइयो भनेर बोसो घटाउन हामी घन्टौं दौडन्छौं तर खानामा अलिकति मात्रै ध्यान दिए बोसो नियन्त्रण गर्न सकिन्छ । बोसोको मात्रा बढ्नु शरीरका लागि निकै हानिकारक हुन्छ । माछाको तेल, वनस्पति तेल, सूर्यमुखी तेल र जैतुनको तेलमा बोसोको मात्रा कम हुने भएकाले सीमित मात्रामा सेवन गर्नु उचित हुन्छ । यसबाट हाम्रो शरीरको स्वास्थ्य ठिक राख्न मद्दत पुग्दछ ।

– एजेन्सीहरुको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage