scheduleमगलवार भाद्र ३१ गते, २०७६

यसरी तिव्र चलाउन सकिन्छ मोबाइलको सफ्टवेयर

यदि तपाईं पूरानो वा नयाँ एन्ड्रायड फोनलाई छिटो चलाउन चाहनुहुन्छ भने एउटा सजिलो तरिका छ । मोबाइलमा सामान्य सुधार गरेर मात्रै पनि यो सम्भव छ । तर यो तरिका फोन सफ्टवेयर डेभलपरलाई मात्रै थाहा हुन्छ ।

तपाईं सबैभन्दा पहिला मोबाइलको सेटिङ्गमा जानुहोस् । त्यसपछि अबाउट फोन अप्सनमा क्लिक गर्नुहोस् । अब तपाईंले देख्नुहुनेछ फोनको बिल्डनम्बर देख्नुहुन्छ, त्यसलाई पटक पटक थिच्नुहोस् । धेरैपटक यसो गरेपछि फोनले तपाईंलाई बताउनेछ कि तपाईं डेभलपर हुनुहुन्छ ।

बिल्ड नम्बरमा पटक पटक ट्याप गरेपछि तपाईंले डभलपर अप्सन पाउनुहुनेछ । त्यसपछि फेरि सेटिङ मेनुमा जानुहोस् । अब डेभलपर अप्सन नामको एउटा विकल्प आउँछ, त्यहीँ गएर तपाईले केही परिवर्तन गर्नुपर्ने हुन्छ ।
यसपछि तपाईंले फोनमा तीनवटा परिवर्तन गर्न सक्नुहुनेछ । ती हुन् विन्डो एनिमेशन स्केल, ट्रान्जिशन एनिमेशन स्केल र एनिमेटर ड्युरेशन स्केल ।

यी तीनवटैलाई परिवर्तन गरेर 1.0 बाट 0.5 बनाउनुहोस् । यसो गर्न केवल दुई चार मिनेट मात्र समय लाग्छ । यी सबै परिवर्तन गरेपछि फोनलाई एकपटक रिस्टार्ट गर्नुहोस् । अब तपाईंको हातमा छिटो चल्ने फोन हुनेछ । एन्ड्रायड ५.० भएका सबै फोनहरुमा यसको असर राम्रो हुन्छ, अथवा फोन गज्जबसँग चल्न थाल्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage