scheduleबिहिवार कार्तिक २८ गते, २०७६

जुत्ताको खाली बट्टाबाट घरमै तयार पार्नुस् प्रोजेक्टर (भिडियोसहित)

के तपाईं प्रोजेक्टरमा मूभी हेर्नका लागि सौखिन हुनुहुन्छ, अथवा तपाईंलाई कुनै अफिसियल कामका लागि प्रोजेक्टरको आवश्यकता छ, तर प्रोजेक्टर खरिद गर्ने पैसा छैन ? पिर नमान्नुस्, हामी तपाईंलाई घरेलु सामाग्रीको प्रयोग गरी आफैँ प्रोजेक्टर तयार पार्ने उपाय सिकाउँदैछौं ।

यसका लागि चाहिने सामाग्रीहरु:

– नयाँ जुत्ता खरिद गर्दा आएको खाली बट्टा

– म्याग्निफाइङ्ग लेन्स (हाते लेन्स)

– पेपर, कटर

– ग्लू

– टेप

– स्केल

– फर्मको एउटा टुक्रा

र तपाईंले आफैंले प्रयोग गर्ने स्मार्ट फोन

बनाउने तरिका छोटकरीमा:

पहिले जुत्ताको बट्टालाई माथिको चित्रमा जस्तैगरी म्याग्निफाइङ्ग लेन्स ( हाते लेन्स) राख्न मिल्नेगरी गोलो बनाएर काट्नुस् । लेन्सको डण्डीलाई पनि काटिदिनुस् र त्यो काटेको ठाउँमा मिलाएर लेन्स राख्नुस् । बक्सको बीचमा माथिको चित्रमा जस्तैगरी मोबाइल राख्न मिल्ने ठाउँ बनाउनुस् । र त्यहाँ लेन्सतर्फ फर्काएर मोबाइल राख्नुस् । अब यसले मोबाइलमा प्लेहुने भिडियोलाई सजिलै अगाडी भित्तामा फाल्छ ।

 

बनाउने तरिका तलको भिडियोमा हेर्नुस्:

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage