scheduleआइतवार भाद्र २९ गते, २०७६

जनप्रतिनिधिले नै लगाए नगरपालिकामा ताला


गुल्मी, १९ भदौ । रेसुङ्गा नरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । नगरपालिकाका सात जना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगरप्रमुख डिल्लिराज भुषाल र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नतीसम्बन्धी परिक्षामा केन्द्राध्यक्षको विषयमा नगरपालिकामा तालाबन्दी गरिएको हो ।

साथै नगरपालिकाका निर्णय गुपचुप राखिएको, एकलौटि ढङ्गबाट नगरपालिकाका काम आगाडी बढाइएको लगायतका विषयमा नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए । रेसुङ्गा नगरपालिकास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको थियो ।

तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको थियो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई पुर्नबाहली गरिएको थियो ।

ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।

वडा नम्बर २ का अध्यक्ष उदय बहादुर थापाले नगरपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर रहेर महेन्द्र नमुना माविमा प्रअ नियुक्ति गरेकोले ताला लगाएको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage