scheduleआइतवार भाद्र २९ गते, २०७६

तीजको नाँच हेरेर फर्किएका बालक पहिरोमा पुरिए

फाइल फोटो

रोल्पा, १९ भदौ । पहिराले पुरिएर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो ।

बुधबार बिहान तीजको अवसरमा गरिएको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

सिरक्याङ भीरनजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रस्त छन् । प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage