scheduleमगलवार मंसिर ३ गते, २०७६

डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु


सिन्धुपाल्चोक, १९ भदौ । डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका १२ भीमटारका ६५ वर्षका रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेंगु भएको भन्दै काठमाण्डौं लैजान सुझाएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएका थिए । तर दनुवारको उपचारकै क्रममा मृत्यु भएको थियो ।

अस्पतालले डेङ्गुकै संक्रमणबाट दनुवारको मृत्यु भएको पुष्टि गरेको छ । भीमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँबासीमा डेंगुको थप संक्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage