scheduleमगलवार भाद्र ३१ गते, २०७६

बारीमै कुहिन थाल्यो किसानका आलु


बझाङ, १९ भदौ । बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ११ कमलपुरका कृषकले लगाएका आलु बारीमै कुहिन थालेका छन् । त्यहाँका कृषकहरुले बजार र बजारभाउ नपाएका कारण आलु बारीमै खेर जाने अवस्थामा पुगेको स्थानीय जिवन पातलीले जानकारी दिए ।

कमलपुर आलु उत्पादनको लागि महत्वपूर्ण ठाउँ मानिन्छ । जिल्लाको सुर्मा गाउँपालिका, केदारस्युँ गाउँपालिका सँगै बुंगल नगरपालिकामा आलु धेरै उत्पादन हुने भएपनि बजारीकरणको अभाव छ ।

कृषकले उत्पादन गरेका आलुलाई जिल्लाका मुख्य बजारसम्म पुर्‍याउन सडक संजाल नभएको र बजारसम्म पुर्‍याए पनि मुल्य नपाउने यस क्षेत्रका कृषकको दुःखेसो रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage