scheduleआइतवार मंसिर १ गते, २०७६

मर्मतका लागि मनकामना केवलकार पाँच दिन बन्द

फाइल तस्बिर

गोरखा, १९ भदौ । मर्मतका लागि भन्दै मनकामना केबलकार पाँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामना केबलकार आगामी भदौ २२ गते आईतबारदेखि मर्मत–सम्भारका लागि भन्दै पाँच दिन सेवा बन्द गर्न लागेको हो ।

प्रालिले विहीबार एक सूचना जारी गरी बुलह्विल लाईनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रि–स्प्लाईसिङ गर्ने जस्ता विशेष महत्वको मर्मत कार्य गर्नुपर्ने भन्दै आगामी भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।

मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ ।

यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage