scheduleशनिवार आश्विन ४ गते, २०७६

शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुग्यो

काठमाडौँ, २० भदौ । शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ।

मिडिया रिपोर्टका अनुसार डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ।

क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ।

मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्।

साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ।

र, अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage