scheduleआइतवार मंसिर १ गते, २०७६

दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का

काठमाडौँ, २० भदौ । दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का लागेको छ ।

पहिलो फिल्म सुपरहिट भएपछि सिक्वल निर्माणका लागि हैदरावाद र बैँगलौरको कोलार फिल्डमा पुगेको फिल्म युनिट सुटिङ रोक्न बाध्य भएको छ ।

अदालतले वातावरणमा नकरात्मक असर पारेको भन्दै सुटिङ रोक्न आदेश दिएपछि फिल्म युनिटलाई झट्का लागेको हो ।

फिल्म निर्माताका अनुसार फिल्मको एक दिनकोमात्र सुटिङ बाँकी रहेको छ ।

यस अवस्थामा सुटिङ गर्न दिनुपर्ने उनीको माग रहेको छ ।

तर, अदालतमा एकजना व्यक्तिले वातावरणमा असर परेको भन्दै मुद्धा दर्ता गरेपछि अदालतले यस्तो आदेश दिएको हो । फिल्म कहिले रिलिज हुने हो यसबारे भने टुंगो लागेको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage