scheduleमगलवार भाद्र ३१ गते, २०७६

९ कक्षामा अध्ययनरत छात्रामाथि एसिड प्रहार, पक्राउ परे मियाँ


वीरगञ्ज, २० भदौ । वीरगञ्जमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा अध्ययनरत १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । उनी छपकैया-३ निवासी रसुल अलीकी छोरी हुन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर दुईजना युवाले उनीमाथि एसिड प्रहार गरेका हुन् । स्थानीय गणेशमान चोक जाने गल्लीमा एउटा सैलुनमा बसिरहेका ती युवाहरुले खातुनमाथि एसिड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त गल्ली खातुनको विद्यालय आउने-जाने बाटो हो । घर वीरगञ्ज-१३ श्रीपुर भएपनि उनी अध्ययनका वडा न‌ं. ३ छपकैयामा रहेको मामाको घरमा बस्दै आएकी थिइन् । लागि एसिड प्रहार हुँदा उनी विद्यालय पोशाकमै थिइन् । एसिड प्रहारपछि पीडाले चिच्याइरहेको अवस्थामा उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

एसिड प्रहारबाट खातुनको अनुहार, हात र शरीरको केही भाग जलेको छ । स्थानीय नारायणणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

प्रहरीले घटनामा संलग्न एक युवालाई पक्राउ गरिसकेको छ भने अर्का युवक फरार रहेका छन् । एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार उनले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड प्रहार गरेको स्वीकारेका छन् ।

मियाँलाई सघाउने अर्का स्थानीय १६ वर्षीय माजिद आलम भने फरार रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage