scheduleआइतवार आश्विन ५ गते, २०७६

‘जिम्बाब्वे मेरो हो’ भन्ने रोबर्ट मुबागेको ९५ वर्षको उमेरमा निधन


एजेन्सी, २० भदौ । जिम्बाब्वेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति समेत बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

जिम्बाब्वेका राष्ट्रपति तथा मुगाबेका उत्तराधिकारी इमर्सन मनाङ्गवाले मुगाबेको निधनको पुष्टि गरेका छन् । स्वतन्त्र जिम्बाब्वेका संस्थापक समेत रहेका मुगाबेको निधनको उनले एक ट्वीट मार्फत पुष्टि गरेका हुन् । उनले मुगाबेको महानताको चर्चा गर्दै उनको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार मुगाबे पछिल्ला महिनाहरुमा सिंगापुरमा एक अज्ञात रोगको उपचारको लागि रहेका थिए । जिम्बाब्वेको १९८० को स्वतन्त्रतापछि उनी लगातार राष्ट्रको नेतृत्व गर्दै आएका थिए र सन् २०१७ पछि उनी सत्ताबाट बाहिरिए । उनलाई ०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो ।

सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा जन्मिएका मुगाबेलाई तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो ।

देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए । त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बनेका थिए ।

काला जातिका पक्षमा उल्लेख्य सुधार गरे पनि विवादास्पद भूमिसुधार नीतिका कारण जिम्बाब्वेमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएपछि उनको आलोचना हुन थालेको थियो । उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण उनी थप विवादमा परेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage