scheduleआइतवार भाद्र २९ गते, २०७६

अमेरिकामा कार दुर्घटना, तीन नेपालीको मृत्यू


वोस्टन, २० भदौ । अमेरिकामा भएको एक कार दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

अमेरिकाको टेक्ससबाट तीज मानेर मिजोरीको कन्सास आउने क्रममा बाटोमा भएको दुर्घटनामा परी एकै घरका श्रीमान्, श्रीमती र एक छोरीको मृत्यु भएको हो ।

गत मंगलवार टेक्ससबाट आफ्नो कन्सास आउने क्रममा पाँचजना सवार टोयोटा र्‍याफ फोर गाडीलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएपछि सो घटना भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा परी मारिनेहरुमा विराटनगरको शंकरपुर स्थायी घर भई गत जूनमा अमेरिका आएका ६६ वर्षीय पण्डित गोविन्द खनाल, उनकी धर्मपत्नी ५२ वर्षीया शान्ता खनाल र उनहरुकी छोरी श्रद्धा खनाल रहेका छन् । गोविन्दको घटनास्थलमै मृत्यू भएको हो भने उनकी पत्नी शान्ताको उपचारका लागि अस्पताल ल्याउने क्रममा निधन भएको हो । २५ वर्षीया छोरी श्रद्धा खनाल ओझाको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते भएका श्रद्धाका श्रीमान् प्रभास ओझा र चार वर्षीय छोराको भने अस्पतालमा उपचार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage