scheduleआइतवार भाद्र २९ गते, २०७६

हेल्दुम वितरण केन्द्र २० दिनका लागी बन्द

हुम्ला, २० भदाै । हुम्लाका सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय घरधुरी लाई सेवा दिदै आएको हेल्दुम वितरण केन्द्र शुक्रबारबाट २० दिनका लागि बन्द भएको छ ।

हेल्दुम वितरण केन्द्र हुम्लाले सेवाग्राहीमा एक सुचना जारी गर्दै विद्युत पुननिर्माण गर्ने भन्दै आज दिउँसोबाट २० दिनका लागी विद्युत बन्द गरेको छ । हेन्दुम वितरण केन्द्र हुम्ला अन्तर्गत रहेको पेन स्टक पाईप बदली,नहर मर्मत कार्य गर्ने भएकाले आजबाट विद्युत सेवा पुननिर्माण हुँदा सम्म बन्द गरिएको वितरण केन्द्रका प्रमुख लाल बहादुर लम्सालले जानकारी दिए ।

हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेका सामाग्री करिब १५ वर्ष देखि काम चलाईदै आएका सामानको नयाँ सामाग्री जडान गरिने भएको छ । सदरमुकाम सिमकोटमा रहेको हिल्दुम साना जलविद्युत आयोजना र हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीका कारण गएको सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको छ ।

बिजुली बन्द भएपछि उपभोक्ता मारमा पर्नेभएका छन् । विद्युत अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्नुपर्ने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage