scheduleमगलवार भाद्र ३१ गते, २०७६

रौतहटमा पनि देखिए डेंगुका बिरामी

रौतहट, २० भदाै । रौतहटमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी फेला परेका छन् । ज्वरो आएपछि उपचार गर्न चन्द्रपुर हस्पिटल प्रालीमा पुगेका चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरका २७ बर्षिय प्रमोद सहनीलाई डेंगु देखापरेको हो ।

केही दिनदेखि ज्वरो आएर उपचारका लागि हस्पिटलमा आएका सहनीको स्वास्थ्य परीक्षणमा डेंगु रोग पुष्टि भएको चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा. सुवास चौधरीले बताए । थप उपचारका लागि सहनी काठमाण्डौ  गएको उनले बताए । चन्द्रपुर हस्पिटल प्रालीमा उपचारका लागि आएका पाँच जनामा डेंगुको संक्रमण फेला परेको डा. चौधरीले बताए ।

डेंगुको संक्रमण फेला परेको सुमित्रादेवी रौनियारको भने अस्पतालमा उपचार भइ रहेको डा चाैधरीले जानकारी दिए । उनका अनुसार अलिअलि ज्वरो आएर जीउ दुख्दा औषधि पसल गएर आफैंले औषधि सेवन गर्नु खतरनाक हुन सक्छ । त्यसैले जीउ दुख्नु, उच्च ज्वरो आउनु र आँखाका गेडी दुख्नु डेंगुका लक्षण भएकाले तुरुन्त अस्पतालमा गएर परीक्षण गर्नु पर्ने उनले बताए ।

डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिने र भाइरसबाट हुने डेंगु एक व्यक्तिबाट अर्कोमा नफैलिने चिकित्सकहरु बताँउछन्  । अहिले देशैभरि फैलिएको डेंगुको प्रसार सबैभन्दा बढी पोथी एडिस एजेप्टाई लामखुट्टेका कारण भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage