scheduleबुधवार कार्तिक २७ गते, २०७६

चिकित्सा शिक्षामा यसै वर्षबाट ७५ प्रतिशत छात्रवृत्ति

काठमाडौँ,  २१  भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनमा उल्लेखित सरकारी मेडिकल कलेज तथा सार्वजनिक संस्थाले स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था यही शैक्षिक सत्रबाट लागू हुने बताएका  छन् ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था यही वर्षबाट सुरु गरिने भएकाले विद्यार्थीहरूलाई सबै आन्दोलनका कार्यक्रम छोडेर वार्तामा आउन आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐनमै भएको साझा प्रवेश परीक्षा भने आउँदो शैक्षिक सत्रबाट मात्रै लागू हुने स्पष्ट पारे ।

यो वर्ष चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाइ भएकाले अर्को वर्षबाट मात्र साझा प्रवेश परीक्षा लागू गरिने जानकारी दिए । मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिँदै चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ७ को छात्रवृत्तिसम्बन्धी व्यवस्था यसै शैक्षिक सत्रदेखि लागू हुने बताए ।

ऐनको दफा १७ को उपदफा ७ मा ‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage