scheduleमगलवार आश्विन २८ गते, २०७६

टानमा प्रजातान्त्रिक प्यानलको पल्लाभारी


काठमाडौं, २१ भदौ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । समग्र नतिजा प्रजातान्त्रिक प्यानलको पक्षमा आएको छ । यद्यपि महासचिवमा भने प्रगतिशील प्यानलकी सरिता लामा विजयी भएकी छिन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी अध्यक्ष निर्वाचित भए । थापाले ४३८ मत ल्याउँदा सुवेदीले ५२१ मत ल्याए ।

महासचिवमा विजयी सरिता लामाले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरेकी हुन् । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा थापा समूहकी ङमिादिकी शेर्पाले जित निकालेकी छिन् ।

टान निर्वाचन समितिका अनुसार कार्यसमिति सदस्यमा थापा समूहका पाँचजना र सुवेदी समूहका चारजना निर्वाचित भएका छन् । थापा समूहबाट ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ निर्वाचित भएका छन् भने सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage