scheduleआइतवार भाद्र २९ गते, २०७६

वडा अध्यक्ष नेपालद्वारा आत्महत्या प्रयास


बुटवल, २१ भदौ । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको आत्महत्या प्रयास असफल भएको छ । उनले बुटवलस्थित आफ्नै घरमा बिहान ९ बजे आत्महत्या प्रयास गरेका हुन् ।

उनले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेको थाहा पाएपछि परिवारका सदस्यले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए । उनको हाल भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार वडाध्यक्ष नेपालको अवस्था असामान्य रहेको छ । घरायसी विवादका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage