scheduleमगलवार भाद्र ३१ गते, २०७६

शुभम ईट्टा उद्योग नजिकै बस दुर्घटना, ६ यात्रु घाइते


जनकपुरधाम, २१ भदौ । धनुषाको जनकपुरधाम–जटही सडक खण्डमा यात्रु सवार बस दुर्घटना भएको छ । उक्त सडक खण्डमा पर्ने शुभम ईटा उद्योग नजिकै ना ७ ख ७९७८ नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक घाइतेको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बस अनियन्त्रित भएर दुघर्टनाग्रस्त भएको हो ।

गम्भीर घायते हुने यात्रुमा जनकपुर-१ का ३० वर्षीय संजय पूरी रहेका छन् । अन्य घाइतेमध्ये कृष्णाकुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुर १८ की २५ वर्षीया अरमाना खातून रहेका छन् ।

प्रहरीका अनुसार घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बसमा २० यात्रु सवार थिए । दुर्घटनापछि प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage