scheduleआइतवार आश्विन ५ गते, २०७६

हत्या अघि दिनहुँ दाइजोको लागि श्रीमतीमाथि हिंसा गर्थे श्रीमान


रौतहट, २१ भदौ । दाइजोमा भने जस्तो समान नदिएको भन्दै रौतहटमा एक महिलाको हत्या भएको छ । मोटरसाइकल दाइजो नदिएको भन्दै जिल्लाको राजपुर नगरपालिका ७ अकोलवामा एक महिलाको हत्या भएको हो ।

माइती पक्षले दाइजोमा मोटरसाईकल नदिएको भन्दै घरका मान्छे मिलेर २५ वर्षीया सन्जु देवीको हत्या गरेको प्रहरीले बताएको छ । मोटरसाइकल नपाएको भन्दै छोरीमाथि पटकपटक कुटपिट हुने गरेको मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।

ज्वाइ रामबाबुले दाइजोको निहुँमा हत्या गरेको सहनीले दिएको किटानी जाहेरीमा उल्लेख छ । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ ।

गत बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाटीमा डाम देखिएकाले यो हत्या नै भएको उनको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage