scheduleशनिवार माघ ११ गते, २०७६

प्रादेशिक क्यान प्रदेश ३ को अध्यक्षमा पूर्वखेलाडी बस्नेत निर्वाचित

हेटौंडा, २१ भदाै । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका पूर्वखेलाडी राजु बस्नेत प्रादेशिक क्रिकेट संघ प्रदेश-३ को अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार हेटौंडामा भएको विशेष साधारण सभाबाट अध्यक्षका प्रत्यासी रहेका क्रिकेट संघ ललितपुरका अध्यक्ष नरेश रानालाई ३ भोटले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रदेश ३ को ६ जिल्लाबाट २४ जना प्रतिनिधि मध्ये २३ जनाले भोटिङमा सहभागिता जनाएका थिए।  बस्नेतको १३ भोट पाएका थिए भने रानाले  १० भोट मात्रै प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा भने मकवानपुरका प्रेम क्षत्री सर्वसम्मत चयन भएका हुन्। नुवाकोटका दुर्गाराज पाठक सचिवमा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा चितवनका अनिल अधिकारी निर्वाचित भएका हुन्। सदस्यहरूमा काठमाडौंकी महेश्वरी डंगोल, प्रज्वल सापकोटा नुवाकोट, सुदीप पिया चितवन, रुपक रञ्जित भक्तपुर, सुजन महर्जन ललितपुर, अजयभीर पाण्डे काठमाडौं, अनुजमान श्रेष्ठ नुवाकोट, राजु गुप्ता मकवानपुर र उमेश पिया चितवन सदस्यमा चयन भएका छन्।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय