scheduleआइतवार भाद्र २९ गते, २०७६

पोर्चुगलको सानदार जित

काठमाडौँ, २२ भदौ । युरोकप छनोटमा पोर्चुगलले सर्वियालाई ४–२ गोलले पराजित गरेको छ ।

पोर्चुगलका लागि खेलको ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गरे । गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे ।

खेलको ६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गरे । खेलको ८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

सर्वियाका लागि मित्रोभिकले ८५ औ मिनेटमा गोल गरे ।

तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाउन सफल भए ।

पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।

सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage