scheduleआइतवार भाद्र २९ गते, २०७६

फ्रान्सको फराकिलो जित

काठमाडौँ, २२ भदौ । युरो छनोटमा अल्बानियालाई फ्रान्सले ४–१ गोलले पराजित गरेको छ ।

फ्रान्सका लागि किंग्सले कोमनले दुई गोल गरे भने ओलिभर जिराउड र जोनाथन इकोनिले समेत एकएक गोल गरे ।

खेलको २७ औ मिनेटमा जिराउडले फ्रान्सको लागि गोल गरे ।

खेलको ६८ औ मिनेटमा किंग्सले कोमनले ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ८५ औ मिनेटमा इकोनिले डेब्यु गोल गरे ।

अल्बानियाका लागि खेलको अन्तिम मिनेटमा सोकोल सिकलेशीले पेनाल्टीमार्फत गोल गरे ।

समुह एचको शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १२ अंक जोड्यो । अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage