scheduleशनिवार आश्विन ४ गते, २०७६

इंग्ल्याण्डको सानदार जित, केनको ह्याट्रिक

काठमाडौँ, २२ भदौ । युरो कप छनोटमा इंग्ल्याण्डले बुल्गेरियालाई ४-० गोलले पराजित गरेको छ ।

इंग्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले ह्याट्रिक गरे भने उच्च फर्ममा रहेका रहिम स्ट्रर्लिङले एक गोल गरे ।

इंग्ल्याण्डका लागि खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा पेनाल्टीमा केनले दोस्रो गोल गरे ।

खेलको ५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गरे । खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे ।

इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ भने पराजित बुल्गेरिया पाँच खेलबाट २ अंकमात्र रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage