scheduleबुधवार कार्तिक २७ गते, २०७६

लिलाम भएन निगमको बोइङ

काठमाडौँ, २२ भदौ । नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन् ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् ।

निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो ।

निगमले पहिलोपटक सूचना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६०० हाराहारीका स्पेयर्स पाट्र्ससमेत गरी रु ८७ करोड न्यूनतम मूल्य तोकेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage