scheduleशनिवार आश्विन ४ गते, २०७६

चम्किइन् सावित्रा, किर्जिस्तानविरुद्ध ३० मिनेटमै ह्याट्रिक (लाइभ)


काठमाडौं, २२ भदौ । किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलको पहिलो हाफमा नेपालले आयोजिक किर्गिस्तानविरुद्ध ६-२ को अग्रता कायम गरेको छ । नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गरेपछि नेपालले अग्रता चुल्याएको हो ।

सम्बाले तेस्रो मिनेटमा पहिलो गोल गरेर नेपाललाई सुरुवाती अग्रता दिलाइन् । दोस्रो गोल सम्बाले नै १५ औं मिनेटमा गरेर अग्रता दोब्बर बनाइन् । उनले ३० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

त्यसबीचमा २५ औं मिनेटमा नेपाली टोलीका लागि दीपा राईले गोल गर्दै नेपाललाई थप बलियो स्थानमा पुर्‍याइन् । पहिलो हाफमा नेपालले आयोजकविरुद्ध ६ गोल गरिसकेको छ । घरेलु टोलीले १९ औं र २२ मिनेटमा गोल फर्काएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage