scheduleआइतवार आश्विन ५ गते, २०७६

उपमेयर रेणुसहित ३ जनाविरुद्ध जाहेरी दर्ता

जनकपुरधाम, २२ भदाै । धनुषाको हँसपुर नगरपालिकाका उपमेयर रेणु झासहित ३ जना विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको छ ।

उपमेयरसहित , वडा नं. २ का वडा अध्यक्ष उदय साह र वडा नं. ४ का वडा अध्यक्ष किशोरी यादवमाथि समेत जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

मेयर रामज्ञान मण्डल समर्थक स्थानीयहरुले उपमेयर रेणु झा मुर्दावाद, मेयर लगायत ४ जनामाथि लगाइएको झुठामुद्दा खारेज गर लगायतका नारा लगाउदैं प्रदर्शन गरेका छन् ।

गत साउन २२ गते हंसपुर नगरपालिकाको कार्यालय सार्ने बिषयलाई लिएर भएको झड्पमा वडा नं. २ बस्ने तपेश्वर मण्डल घाइते भएका थिए । उनको उपचारको क्रममा भदौ १८ गते साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage