scheduleआइतवार भाद्र २९ गते, २०७६

मोटरसाइकल दुर्घटनामा परेपछि नेतृ हिसिला यमी अस्पताल भर्ना


काठमाडौं, २२ भदौ । पूर्वमन्त्री तथा समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी अस्पताल भर्ना भएकी छिन् । आइतबार दिउँसो पार्टी बैठकका लागि बालकुमारी आउनेक्रममा उनी ग्वार्को चोकमा दुर्घटनामा परेकी हुन् ।

‘हिसिला म्याडमको मोटरसाइकल दुर्घटनाबारे अस्पतालमा बुझेर आएँ। मेडिकल रिपोर्टहरु सामान्य छ। अस्पतालले २४ घण्टा डाक्टरको निगरानीमा राख्नुपर्ने भनेको छ,’ अस्पतालबाट फर्केका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए ।

यमीलाई भेट्न समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि बि एण्ड बि अस्पताल ग्वार्को पुगेका थिए ।

यमीको शरीरमा कुनै चोटपटक नलागे पनि दुर्घटनापछि सम्झने शक्तिमा ह्रास आएको पारिवारिक स्रोतले बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage