scheduleमगलवार मंसिर ३ गते, २०७६

चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने

काठमाडौँ, २३ भदौ । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् ।

यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो ।

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage