scheduleशनिवार आश्विन ४ गते, २०७६

युएस ओपन टेनिसको उपाधि राफेल नाडालले जिते

काठमाडौँ, २३ भदौ । रसियाका डेनियल मेदवेदेवलाई हराउँदै युएस ओपन टेनिसको उपाधि राफेल नाडालले जितेका छन् ।

योसँगै नाडालले १९ औ ग्रान्डस्लाम जित्न सफल भएका छन् ।

नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जित निकाले ।

नाडाल अब रोजर फेडेररको २० औ ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडि छन् । अति नै रोमाञ्चक खेलपछि नाडालले आफु उपाधि जित्दा अति नै हर्षित भएको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage