scheduleशनिवार आश्विन ४ गते, २०७६

नेयमारभन्दा स्टर्लिंग उत्कृष्ट खेलाडी

काठमाडौँ, २३ भदौ । म्यानचेस्टर सिटीका स्टार खेलाडी हुन् रहिम स्टलिंग । गएको दुई सिजनदेखि उनी उत्कृष्ट लयमा रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनी बेलोन डिओरका लागि दाबेदार खेलाडी हुन् ।

पुर्व चेल्सी खेलाडी टोनी कास्कारिनोले स्टलिंग नेयमारभन्दा उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

पिएसजी स्टार पछिल्लो समय निकै आलोचना भोगिरहेका छन् ।

म्यानचेस्टर सिटी र इंग्ल्याण्डबाट उत्तिकै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका उनी ओझेलमा परेको टोनीको भनाइ रहेको छ ।

उनले भनेका छन्, ‘यदी मलाई नेयमार र स्टलिंग रोज्नु परेमा मेरो पहिलो रोजाई स्टलिंग नै हुनेछन् । यदी उनले म्यानसिटीबाट च्याम्पियन्स लिग जित्न सके भने उनले बेलोन डिओर जित्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage