scheduleआइतवार भाद्र २९ गते, २०७६

करन देवललाई अर्को फिल्मको अफर

काठमाडौँ, २३ भदौ । ‘पल पल दिल के पास’ फिल्म रिलिज भएको पनि छैन तर, करन देवल निकै चर्चामा रहेका छन् । करन देवल स्टार अभिनेता सन्नी देवलका छोरा हुन् ।

पहिलो फिल्मबाट डेब्युको तयारी गर्दै गरेका उनको हातमा नयाँ फिल्मको अफर आएको छ ।

उनलाई लिएर फिल्म निर्माता इन्दर कुमारले फिल्म निर्माण गर्ने भएका छन् ।

उनको अपोजिटमा अभिनेत्री वारिना हुसेनले काम गर्नेछिन् ।

उनले फिल्म लव यात्रीबाट डेब्यु गरेकी थिइन् ।

लभस्टोरी फिल्मका लागि उनलाई अनुबन्ध गरेको इन्दर कुमारले बताएका छन् । इन्टर कुमारले धमाल, मस्ती, इस्क जस्ता फिल्म बनाइसकेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage