scheduleशनिवार आश्विन ४ गते, २०७६

अभ्यासका लागि मेस्सी र स्वारेज अझै फर्किएनन्

काठमाडौँ, २४ भदौ । बार्सिलोनाका दुई स्टार खेलाडी लियोनल मेस्सी र लुइज स्वारेज अझै पनि अभ्यासका लागि फर्किएका छैनन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरु अझै पनि पुर्ण रुपमा चोटमुक्त हुन सकिरहेका छैनन् । बार्सिलोनाका प्रशिक्षक भल्भरडे यस सिजनको खराब सुरुवातका कारण तनावमा रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार मेस्सी र स्वारेजबिना टिम अधुरो रहेको छ ।

यस सिजन बलियो सुरुवात गर्ने अपेक्षा अनुसार स्टार खेलाडीहरु अनुबन्ध गरेको बार्सिलोनाका प्रमुख खेलाडी नै घाइते भएपछि बार्सिलोनामा समस्या देखिएको हो ।

केही स्टार खेलाडीहरु अपेक्षाकृत खेल प्रदर्शन गर्न नसकेको पनि बताइएको छ । मेस्सी र रुवारेज केही हप्तामा नै बार्सिलोनाको मैदानमा फर्किने प्रशिक्षकको आशा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage