scheduleआइतवार कार्तिक ३ गते, २०७६

काँग्रेसको दोस्रो चरणको जागरण अभियान आजदेखि सुरु

काठमाडाैं, २४ भदाै ।  नेपाली काँग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सामाजिक संवाद गर्ने गरी अभियान चलाइने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियानमा नेताहरूलाई ‘बोल्ने कम, सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको छ ।

अभियानको अन्तिम दिन ७ असोजमा केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता शर्माको भनाइ छ । स्थानीय आवश्यकतानुरूप सम्बन्धित तहले नै यस्तो कार्यक्रम गर्न सक्ने छन् ।

बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुन लागेको हो । ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको जनाएको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage