scheduleशनिवार आश्विन ४ गते, २०७६

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटनाएको छ । निगमले पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा प्रमुख तीन इन्धनको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटेको छ ।

निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा भएको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ रहेको थियो ।

समायोजित नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुनेछ । स्मरणीय छ, आज केहीबेरमा नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage