scheduleशनिवार आश्विन ४ गते, २०७६

‘अफगानिस्तानमा हत्या र रक्तपातको नयाँ चक्र सुरु हुन सक्ने’

एजेन्सी, २४ भदौ । इरानी विदेशमन्त्री जाभाद जरिफले विदेशी चलखेल र हस्तक्षेपका कारण अफगानिस्तानमा रक्तपातको नयाँ चक्र सुरु हुन सक्ने चेतावनी दिएका छन् ।

विदेशमन्त्री जरिफले विदेशी षडयन्त्र र चलखेलका कारण अफगानिस्तानमा हत्या र हिंसाको नयाँ चक्र हुन सक्ने चेतावनी दिएका हुन् । बाह्य शक्तिले अफगानिस्तानमा रक्तपात मच्चाउने गरी नयाँ योजना बनाइरहेको र यस्तो योजनाप्रति अफगानी नागरिक सचेत हुनुपर्ने जरिफको भनाइ थियो ।

‘विदेशी शक्ति तथा अतिक्रमणकारीले हत्या र रक्तपात मच्चाएर अफगानिस्तानको विद्यमान अवस्थाबाट फाइदा लिन सक्छन् र यसप्रति युद्वरत सबै अफगानी पक्ष सचेत हुनु आवश्यक छ’, जरिफले भने ।

विदेशी अतिक्रमणकारी शक्तिले यथाशक्य अफगानिस्तान छोड्नुपर्ने विदेशीमन्त्री जरिफले प्रस्ट पारे । ‘बाह्य अतिक्रमणकारी शक्ति पराजित हुनेछन् भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौं र उनीहरुले तत्काल अफगानिस्तानबाट आफ्ना सेना फिर्ता पठाउनुपर्छ’, उनले भने ।

त्यस्तै इरानले अफगानी युद्धको समाधानका लागि सबै प्रयास गर्ने समेत जरिफले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage