scheduleआइतवार भाद्र २९ गते, २०७६

टेकु अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतमा डेंगु पोजेटिभ

काठमाडौं, २४ भदाै । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको अवस्थाले डेंगुले महामारीको रूप लिएको पुष्टि गरेको छ। पछिल्लो समय अस्पतालमा डेंगुको परीक्षणका लागि आएका बिरामीमध्ये ७० प्रतिशतलाई डेंगु पोजेटिभ देखिएको छ।

प्रमुख सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार पछिल्लो तीन दिनमा डेंगुको परीक्षण गराउन आउनेको संख्या बढेको छ भने संक्रमितहरूको संख्या पनि बढ्दो छ।

हाल टेकु अस्पतालमा डेंगुबाट गम्भीर बिरामी भएका २३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ। उक्त अस्पतालबाट १२९ जना डेंगुका गम्भीर बिरामी उपचारपछि निको भएर घर फर्किसकेको अस्पतालले बताएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म ५६ जिल्लामा करिब चार हजार बढीमा डेंगु संक्रमण भएको पुष्टी गरेको छ। डेंगुबाट मुलुकमा ६ जनाको मृत्यु भए पनि महाशाखाले ४ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage