scheduleआइतवार भाद्र २९ गते, २०७६

पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि मोदीको लगातार १० ट्वीट


काठमाडौं, २४ भदौ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरेका हुन् ।

हाइटेक प्रविधिबाट पाइप लाइन उद्घाटनपछि नेपालका प्रधानमन्त्री केपी ओलीले दुईवटा ट्वीट गरे । उनले लेखेका छन्, ‘हामीसँग विकास, समृद्धि र नागरिकको खुसीबारे समान दृष्टिकोण छ र यसका लागि सशक्त राजनीतिक प्रतिवद्धता र दृढतासहित अघि बढिरहेका छौं ।’

ओलीले लगत्तै अर्को ट्वीट लेख्दै भनेका छन्, ‘मोदीजीको ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र मेरो दूरदृष्टि ‘समृद्ध नेपाल, सुखी नेपाली’ले हाम्रो प्रतिवद्धता, दृढता र प्रयासलाई प्रतिनिधित्व गर्दछ । यी दुवै दूरदृष्टिले नेपाल र भारतको विकासको चित्र फेर्नेमा हामी विश्वस्त छौं ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १० वटा ट्वीट गर्दै पाइप लाइनको महत्वबारे प्रष्ट पारेका छन् मोदीको व्यक्तिगत ट्वीटर ह्याण्डलबाट उद्घाटन समारोहको भिडियो सम्प्रेण गरिएको छ । उनले भिडियोसहित गरेको ट्वीटमा लेखेका छन्, ‘नेपालसँगको सम्बन्धलाई मजबुद बनाउँदै ! दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै !’

लगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको आधिकारिक ह्याण्डलबाट ९ ट्वीट गरेका छन् । ट्वीटमा उनले नेपाल भारत सम्बन्ध र पाइपलाइनको महत्वबारे भारतीय धारणा स्पष्ट पारेका छन् ।

यी हुन् मोदीका ९ ट्वीट-
९. नेपालको प्राथमिकताका अनुसार उसको विकासमा सहयोगका लागि भारतको आफ्नो प्रतिवद्धता पुन दोहोर्‍याउन चाहन्छु । तपाईंलाई धेरै धेरै धन्यवाद । प्रतिवद्धताअनुसार

८. हामीले आफ्ना सहयोगका सबै क्षेत्रमा गरिरहेको प्रगतिप्रति म खुसी छु । मलाई विश्वास छ, हामी आफ्नो साझेदारीलाई अझ व्यापक बनाउने तथा विविध क्षेत्रमा आफ्नो साझेदारीलाई थप गहिरो बनाउनका लागि तीव्रतापूर्वक अगाडि बढ्नेछौं ।

७. २०१५ को विनाशकारी भूकम्पपछि जब नेपालमा पुनर्निर्माणको सुरुवात भयो, तब भारतले आफ्नो छिमेकी र नजिकको मित्रको नाताले आफ्ना सहयोगको हात अगाडि बढायो । मलाई नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो सहयोगबाट पुनः बस्ती बसेकोमा एकदमै खुसी लागेको छ । आम नागरिकको शीरमा फेरि छानो आएको छ ।

६. यो एकदमै सन्तोषको विषय हो कि दक्षिण एसियाको यो पहिलो अन्तरदेशीय पाइपलाइन घोषित समयमै पूरा भएको छ । जति अपेक्षा थियो, त्यसको आधा समयमा यो बनेको छ । यसको श्रेय तपाईंको नेतृत्वलाई, नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासहरुलाई जान्छ ।

५. ‘पछिल्लो पाँच वर्षमा, हामीले महत्वपूर्ण द्विपक्षीय परियोजनालाई पूरा गरेका छौं र कयौं अन्य पहलकदमीहरुको परिणाम छिट्टै प्राप्त हुनेछ । गत वर्ष हामीले संयुक्तरुपमा पशुपतिनाथ धर्मशाला र आईसीपी वीरगञ्जको उद्घाटन गरेका थियौं ।’

४. ‘विकासका लागि हाम्रो साझेदारीलाई अझ सक्रिय बनाउन र नयाँ क्षेत्रहरुमा सहयोगलाई थप बढाउनका लागि हामी नयाँ अवसरहरुबाट लाभ लिएका छौं । हाम्रो संयुक्त प्रयासहरुको उद्देश्य हाम्रा नागरिकहरुलाई लाभ मिलोस् भन्ने हो । उनीहरुको विकास हो ।’

३. ‘पछिल्लो केही वर्षहरुमा हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व घनिष्टता विकास भएको छ र नियमित सम्पर्क भइरहेको छ । बितेको डेढ वर्षमा, मेरा मित्र प्रधानमन्त्री ओलीजी र मैले चारपटक भेटिसकेका छौं ।’

२. ‘मे २०१९ मा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा, हामी काम सम्पन्न परियोजनाको छिट्टै उद्घाटन गर्न सहमत भएका थियौं । मलाई खुसी छ कि हाम्रो संयुक्त प्रयासहरुबाट हाम्रो द्विपक्षीय परियोजनाहरुले प्रगति गरिरहेका छन् र आज हामी मोतीहारी-अमलेखगञ्ज पाइप लाइनको संयुक्त उद्घाटमा भाग लिइरहेका छौं ।’

१. नेपालसँग मोतीहारी-अमलेखगञ्नेज पाइप लाइनका रिमोट उद्घाटन ! प्रधानमन्त्री नरेन्द्र मोदी- ‘नेपालमा हाम्रो द्विपक्षीय परियोजनाहरुको रिमोट उद्घाटनका लागि आपसीरुपमा भिडियो लिंकमा जोडिँदा एकदमै खुसी लागिरहेको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage