scheduleआइतवार आश्विन ५ गते, २०७६

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

धनुषा, २४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजीत सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेको र  जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले अवरोध सिर्जना गरेका थिए ।  अवरोधका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि अवरोध गर्ने र सपथ ग्रहण गर्ने पक्षबीच झडप भएको बताइएको छ ।

नेकपाका कार्यकर्ता राधे महतोले  नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास समेत भएको बताए  । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ । प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage