scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपाली महिला फुटबल टोली नादेझ्दा कपको फाइनलमा

काठमाडौं, २४ भदौ । ताजकिस्तानलाई पराजित गर्दै नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितका लागि खेलको ८६औं मिनेटमा सावित्रा भण्डारीले निर्णायक गोल गरेकी थिइन्। खेलको मध्यभागबाट आएको फ्रिकिक बलमा पेनाल्टी एसियाबाट सावित्राले हेडिङ गोल गरेकी हुन्।

फाइनलमा नेपाल र उज्वेकिस्तान बिहीबार भिड्ने छन् । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ।

नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो । यता दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage