scheduleआइतवार भाद्र २९ गते, २०७६

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश प्रस्थान

काठमाडौं, २४ भदौ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको ‌‌‌‌‍‍‍‍‌औपचारिक निमन्त्रणामा नेपाल आएका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी मंगलबार स्वेदश प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा नेपाल आएका वाङ आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् । वाङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका थिए ।

तीन दिवसीय औपचारिक भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वाङबीच समेत बेग्लाबेग्लै भेटेघाट भएको थियो । उक्त भेटघाटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना समेत गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage