scheduleआइतवार आश्विन ५ गते, २०७६

वैकल्पिक बाटो अवलम्बन गरे मात्रै नेपाल समृद्ध बन्छ: प्रदिप गिरी

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न नसक्ने बताएका छन् । विकासको वैकल्पिक बाटो अवलम्बन गरे मात्रै नेपाल समृद्ध हुने गिरीले तर्क गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता गिरीले यस्तो बताएका हुन् । उनले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । मुलुकको विकासका लागि पूँजीवादी र साम्यवादी बाटोको हुबहु नक्कल गर्न नहुने र यसका लागि वैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने गिरीको भनाई छ ।

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

‘बीपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएच डिलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु’, गिरीले भने ।

त्यस्तै बिपीले मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउँदै आएको स्मरण गर्दै उनले देखाएको बाटोमा हिँड्न गिरीले आग्रह गरे । ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि  साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ ।  मनुष्य साध्य हो । मनुष्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुईचारवटा मान्छे मरे मरुन् । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाइँदैन ।  प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ’, उनले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage