scheduleशुक्रवार मंसिर ६ गते, २०७६

उच्च अदालतमा रवि लामिछानेको सुनुवाई २६ गते


हेटौंडा, २४ भदौ । उच्च अदालत पाटन हेटौंडा इजलासले धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भदौ २६ गते सुनुवाई हुुने जनाएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै लामिछाने उच्च अदालत हेटौंडा पुगेका थिए । लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिट माथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएको हो । अदालतका प्रवक्ता अमृत घिमिरेका अनुसार यस विषयमा भदौ २६ गते सुनुवाई हुनेछ ।

लामिछाने, कँडेल र कार्कीमाथि पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु असन्तुष्ट बनेका थिए । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका थिए ।

लामिछाने र कँडेलको निवेदनमा भएको सुनुवाइमा जिल्ला अदालत चितवनसँग भएको मुद्दासँग सम्वन्धित सक्कल मिसिल कागजात मगाउन उच्च अदालत पाटन हेटौंडा इजलासले भदौ १८ गते निर्देशन दिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage