scheduleआइतवार आश्विन ५ गते, २०७६

विराटनगरबाट देउवाको ठोकुवा- ओली सरकार पूर्णरुपमा असफल

फाइल फोटो

विराटनगर, २४ भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार पूर्ण रुपमा असफल भएको ठोकुवा गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सभापति देउवाले  पत्रकारहरुसमक्ष यस्तो बताएका हुन् ।  साथै देउवाले  केपी शर्मा ओली नेतृत्वको  वामपन्थी सरकारले प्रजातन्त्रको मुल्य मान्यता विपरीत मुलुकलाई कम्युनिस्ट राज्य बनाउन लागेको आरोप लगाए  ।

वर्तमान सरकारले स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिक रुपमा हस्तपेक्ष गरेको  उनको  दावी छ ।

उनले संवैधानिक वाटो वाइपास गरेर मुलुकमा अराजकता मच्चाउन खोजे आफूहरु चुप लागेर नबस्ने समेत  चेतावनी दिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage