scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

प्रधानसेनापतिको सम्पत्ति पहिलोपटक सार्वजनिक

काठमाडौं, २४ भदौ । नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति सार्वजनिक गरेको छ ।

नेपाली सेनाले प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक गरेको हो । कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सेनाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका-२६ मा थापाको घर छ । त्यस्तै विवरणमा काठमाडौं, नवलपरासी र लमजुङमा केही पैतृक र केही आफूले किनेको जग्गा रहेको कुरा उल्लेख गरिएको छ ।

साथै थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । थापाले आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक भएको यो पहिलो पटक हो । यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गर्न लगाएर सराहनीय कार्य गरेका छन् ।

 

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage