scheduleशनिवार कार्तिक १५ गते, २०७७

आत्महत्या गरेकी श्रीमतीलाई पत्र लेख्दै श्रीमानले नि गरे आत्महत्या

ओखलढुंगा, २४ भदाै ।  आत्महत्या गरेकी श्रीमतीकाे नाममा पत्र लेखर चिसंखुगढी–६ भदौरेमा एक युवाले आत्महत्या गरेका छन्।  भदौरेका २२ वर्षे नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्।

नविनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर घर नजिकै रुखमा झुण्डिएर नै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गंगा परीक्षा दिन माइत जाने भएपछि काठमाडौंमा रहेका नविन घर आएका थिए। घर सल्लाहमै माइत गएकी श्रीमतीले उतै आत्महत्या गरेपछि नविनले पनि आत्महत्या गरेको जनाइएको छ ।

नविनले पत्नी वियोगको पीडाले आत्माहत्या गरेको  पत्रबाट पुष्टी भएको छ। उनले पत्रमा लेखेका छन् – ‘प्यारी श्रीमती, तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन ।’ गंगाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay