scheduleमगलवार भाद्र ३१ गते, २०७६

सरकार संविधानअनुसार चल्न सकेको छैन : नेता सिटौला

फाइल फोटो

इनरुवा, २४ भदौ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको वर्तमान सरकार संविधानअनुसार चल्न नसकेको अरोप लगाएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान कार्यक्रममा नेता सिटौलाले सो कुरा बताएका हुन् ।

उनले अहिलेको सरकारले मानवअधिकार आयोग, लोकसेवा आयोग, न्ययापालिका, प्रहरी प्रशासन सबै आफ्नो नियन्त्रणमा राख्न खोजेको अरोप लगाए । उनले अहिलेको सरकारले कानूनसम्मत कर्मचारी र प्रहरी प्रशासनको सरुवा, बढुवा गर्न नसकेको आरोप लगाए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage