scheduleशनिवार आश्विन ४ गते, २०७६

‘करनले रिमेक फिल्ममा काम नगरोस्’

काठमाडौँ, २५ भदौ । पछिल्लो समय निकै चर्चामा छन् सन्नी देवल र उनका छोरा करन देवल ।

सन्नी देवलले निर्देशन गरेको फिल्म पल पल दिल के पासबाट डेब्यु गर्ने तयारीमा करन देवल रहेका छन् ।

उनलाई यस फिल्म गर्दा गर्दै अर्को फिल्मको अफर पनि आएको छ ।

कस्तो खालको फिल्म छोराले खेल्न हुनेबारे पिता सन्नी देवलले बताएका छन् ।

उनले भनेका छन्,’करनले रिमेक फिल्म नखेलोस् । मलाई पनि रिमेक फिल्मको अफर आएको थियो । तर, मैले फिल्म अस्वीकार गरे । करनले पनि फिल्म खेल्दा यस्ता कुरामा ध्यान दियोस् ।’
पुराना फिल्म एक पटक बनेपछि त्यसको आत्मालाई पुन छुन नसकिने उनले बताएका छन् । पहिलो पटक निर्देशनमा हात हालेका उनले यस फिल्मबाट ठुलो अपेक्षा रहेको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage